Header AD

मायाको साथमा आनन्द बेग्लै हुन्छ


 अनुष्का पाठक, गायिका
    माया सबैका लागि एउटा रंगीन पुस्तक हो, फरक यतिमात्र छ— कसैले मनैदेखि पढ्छन् त कसैले पाना पल्टाएर मात्र छाड्छन् ।

    मायामा माया मात्र भएर हुँदैन, विश्वास पनि हुनु आवश्यक छ । विश्वासबिनाको माया लामो समय टिक्दैन ।

    जसले बिनास्वार्थ मनैदेखि अपनाउँछ, त्यो नै साँचो माया हो ।

    मायामा एक—अर्काप्रति सम्मानको भावना हुनुपर्छ ।

    हजारौं साथी भए पनि आफ्नो मायाको साथमा हुनुको आनन्द नै बेग्लै हुन्छ ।

    प्रेम भगवान् हो, आफूलाई मन परेको मान्छे पाउने भाग्यमानी कमै हुन्छन् ।

    अनुहार हेरेर गरिने माया, माया होइन । जब कसैको पीडा आफ्नो पीडा महसुस हुन्छ, त्यो नै साँचो माया हो ।

    प्रेम त समाजले बनाएको शब्द मात्र हो, जोडी भावीले पहिले नै जुराइसकेका हुन्छन् ।

    यो संसार नै मायाको संसार हो भन्ने कुरा हरेक प्रेमि–प्रेमिकाले बुझ्नु अनिवार्य छ ।
मायाको साथमा आनन्द बेग्लै हुन्छ मायाको साथमा आनन्द बेग्लै हुन्छ  Reviewed by Admin on 1:01 PM Rating: 5

No comments

Post AD