कपिल भर्सेज कृष्णा
बलिउडका दुई चर्चित हास्यकलाकार कपिल शर्मा र कृष्णा अभिषेकबीचको प्रतिस्पर्धा चुलिँदै गएको छ । हुन त कमेडी सर्कसका उत्पादन यी दुई कलाकारबीच सुरुवातदेखि नै प्रतिस्पर्धा रहेको स्वयं कृष्णाले नै पुष्टि गरेका छन् ।
‘द कपिल शर्मा सो’ सोनी टेलिभिजनबाट बेलुका ९ बजे प्रसारण हुने कुरा थाहा पाएपछि कृष्णाले भनेका छन्— ‘एकदमै राम्रो भयो, उनले आफ्नो कार्यक्रम ९ बजे राखेछन्, नत्र हाम्रा दर्शक बाँडिने थिए, त्यसले टीआरपीमा समेत असर पार्ने थियो, जुन राम्रो हुँदैनथ्यो ।’ केही अघि कपिलले सोका बारेमा जानकारी दिने क्रममा ९ देखि १० बजेसम्म आफ्नो कार्यक्रम हेरेर दर्शकलाई सुत्न आग्रह गरेका थिए ।
शर्माको इसारा अरू कार्यक्रम खासै हेर्न लायक नभएको भन्नेतर्फ थियो । यता कृष्णाले भने, आफ्नो सो लोकप्रिय रहेको र १० बजेपछि सबैले हेर्ने भएकाले कपिलको सल्लाह बेतुक भएको बताए । यद्यपि कृष्णाले कपिल र आफूबीच सुरुवातदेखि नै स्वस्थ प्रतिस्पर्धा रहेको उल्लेख गरे । समाचारहरूमा डर्टी पोलिटिक्स भनेर हेडलाइन पाएको कृष्णा–कपिल प्रकरण अबका दिनमा कसरी अघि बढ्छ, हेर्दै जानुपर्नेछ ।
कपिल भर्सेज कृष्णा
Reviewed by Admin
on
12:35 PM
Rating:
Reviewed by Admin
on
12:35 PM
Rating:

Post a Comment