Header AD

रणवीर र कट्रिनाको परीकथा


केही अघिसम्म रणवीर कपुर र कैटरिना कैफको प्रेमकथा कुनै परीकथा जस्तो लाग्थ्यो । आकर्षक जोडीको हिसाबमा चर्चाको पराकाष्ठामा पुगेका उनीहरू अहिले अलग भैसकेका छन् ।

विवाह नगरे पनि श्रीमान्–श्रीमतीकै हिसाबमा एकसाथ बसेका उनीहरू अचानक अलग्गिन पुगेका थिए । साथमै रहेका बेला रणवीर कपुरको होम प्रोडक्सनको पहिलो चलचित्र ‘जग्गा जासुस’ मा उनीहरू शीर्ष भूमिकामा अभिनय गर्ने कुरा तय भैसकेको थियो । ब्रेकअपपश्चात् रणवीरले अप–कमिङ चलचित्र जग्गा जासुसको सेट्समा ब्रेकअपको असर नदेखिने बताएका थिए । यद्यपि घटनाक्रमले अहिले अर्कै कुरा देखाएको छ । रणवीर र कट्रिनाको तीतो ब्रेकअपका बारेमा कट्रिनाका प्रवक्ताले मोहर लगाइदिएका छन् ।

रणविर र कट्रिना चलचित्रको छायाकंनका लागि किन मोरक्को गैरहेका छैनन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ताले भने– ‘उनीहरू एक अर्काको अनुहारसम्म हेर्न चाहिरहेका छैनन् भने साथमा ट्राभल गर्ने कुरा कसरी सम्भव हुन्छ ?’ जग्गा जासुसमा यो जोडीको अभिनय रहने भनिएपछि चलचित्र बजारमा यसको रेटिङ बढेको थियो, उनीहरूका प्रशंसक दंग थिए, तर सम्बन्धमा समस्या उत्पन्न भएपछि ती सबै कुरा बदलिने संकेत देखिएको छ । 
रणवीर र कट्रिनाको परीकथा रणवीर र कट्रिनाको परीकथा Reviewed by Admin on 12:57 PM Rating: 5

No comments

Post AD